६. संस्थागत व्यवस्था तथा प्रक्रियागत सुधार
(१) संस्थागत व्यवस्था
(क) खेलकुद संचालन तथा विकास कार्यलाई मार्ग दर्शन गर्न, खेलकुद सम्वन्धी कार्यनीति तर्जुमा गर्न, आवश्यक स्रोतको परिचालन गर्न र विभिन्न निकायहरू वीच समन्वय गर्ने उद्देश्यले केन्द्रीय स्तरमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक बहुपक्षीय खेलकुद समन्वय
परिषद् गठन गरिनेछ । युवा तथा खेलकुद मन्त्री सहअध्यक्ष रहने यस परिषद्मा अर्थ, गृह, रक्षा, शिक्षा, स्थानीय विकास , पर्यटन तथा स्वास्थ्य मन्त्रीहरू, योजना आयोगका खेलकुद हेर्ने सदस्य लगायत सम्वन्धित मन्त्रालयका सचिवहरू रहनेछन् भने राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ तथा खेलकुद कर्मचारी संघ आदिलाई पनि परिषद्मा प्रतिनिधित्व गराइनेछ । यस परिषद्मा आवश्यकता अनुसार खेलकुद विज्ञ, प्रशिक्षक तथा खेलकुद प्राविधिकलाई समाबेश गराइनेछ । समन्वय परिषद्ले संचालित खेलकुद् गतिविधिको आवधिक रूपमा समीक्षा गर्दै खेलकुद सम्बन्धी निकायहरूबाट प्रस्तुत कार्य योजनाहरूलाई स्वीकृति प्रदान गरी आवश्यक मार्गदर्शन गर्नेछ ।
(ख) खेलकुद सम्वन्धी क्रियाकलापहरूलाई प्रभावकारी ढंगबाट व्यवस्थापन र अनुगमन गर्नका लागि खेलकुद निकायबीच प्रभावकारी समन्वय गर्न, खेलकुद सञ्चालन र सहभागिताको मापदण्ड तथा कार्यविधि तय गर्न, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा सहभागिताको आवश्यक व्यवस्था गर्ने आदि कार्यहरूको संयोजन गर्न नेपाल सरकारको क्षेत्रगत केन्द्रीय निकायको रूपमा युवा तथा खेलकुद मन्त्रालय रहनेछ ।
(ग) मुलुकमा खेलकुदको पूर्वाधारको मर्मत संभार, सञ्चालन एवं विकास गर्न, बृहत राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न, खेल संघहरूलाई
आधिकारिकता प्रदान गरी लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप सञ्चालन गर्न गराउन, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने राष्ट्रिय
टोलीको तयारी एवं प्रशिक्षण गर्न, खेलकुद विकासमा सम्वन्धित सबैको सहयोग परिचालन गर्न युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत
केन्द्रीयस्तरमा राष्ट्रिय खेलकुद परिषद् तथा प्रादेशिक र स्थानीय स्तरमा परिषद् अन्तर्गतका स्थानीय कार्यालयहरू रहने छन् ।
(घ) आ–आफ्नो खेलहरूको विकास र विस्तार गरी खेलाडीहरूको तयारी एवं छनौट गर्न तथा नियमित प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुने गरी प्रत्येक खेलको स्वतन्त्र तथा स्वायत्त राष्ट्रिय खेल संघहरू रहने छन् ।
(ङ) मुलुकमा ओलम्पिक अभियान सञ्चालन गर्न, मुलुकको खेलकुद विकासमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि र ओलम्पिक काउन्सील अफ एशिया जस्ता संस्थाहरूबाट आवश्यक स्रोतको परिचालन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालन हुने खेलकुद
प्रतियोगिताहरूमा मुलुकको सहभागिताको सुनिश्चित गर्न युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा प्रचलित कानुन अनुसार राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुने गरी एक स्वतन्त्र तथा स्वायत्त नेपाल ओलम्पिक कमिटिको व्यवस्था गरिनेछ ।
(२) प्रक्रियागत सुधार
(क) युवा तथा खेलकुद मन्त्रालयको काम, कर्तब्य र अधिकारलाई आवश्यकतानुसार परिमार्जन गरी मुलुकको खेलकुद सम्वन्धी निकायहरू
वीच समन्वय गर्न देहाय अनुसारको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाईनेछः–
(अ) खेलकुद सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने,
(आ) खेलकुद विकासका लागि आवश्यक पर्ने आर्थिक र प्राविधिक सहयोग जुटाउने,
(इ) खेलकुद सम्बन्धी विषयको अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्ने गराउने,
(ई) खेलकुदको क्षेत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क सम्बन्धी कार्य गर्ने,
(उ) अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि आवश्यक मापदण्ड स्वीकृत गर्ने,
(ऊ) ओलम्पिक, एशियाली खेलकुद तथा दक्षिण एशियाली खेलकुदको आयोजना तथा संचालन गर्ने आवश्यक व्यवस्था मिलाउने,
(ए) ओलम्पिक, एशियाली खेलकुद तथा दक्षिण एशियाली खेलकुद लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा
सञ्चालन हुने प्रतियोगितामा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापक समेतको राष्ट्रिय टोलीको सहभागितालाई स्वीकृति प्रदान गर्ने,
(ऐ) खेलकुद विकासमा सरकारी तथा गैर सरकारी संस्थाहरूलाई परिचालन गर्ने,
(ओ) निजी क्षेत्र तथा व्यापारिक प्रतिष्ठानहरूलाई खेलकुद विकासमा लगानी गर्न प्रोत्साहित गर्ने,
(औ) खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघहरूलाई प्रोत्साहित गर्न खेलकुद प्रतिभा पुरस्कारको व्यवस्था गर्ने र अन्तर्राष्ट्रिय तहमा पदक
प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान स्वरूप पुरस्कार आदिको व्यवस्था गर्ने ।
(ख) मुलुकमा खेलकुदको पूर्वाधारको मर्मत सम्भार, सञ्चालन एवं विकास गर्न, अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिने खेलाडीहरूको तयारी, प्रशिक्षण तथा सहभागिता आदिको व्यवस्था मिलाउन, नियमित रूपमा राष्ट्रिय प्रतियोगिताहरूको आयोजना एवं सञ्चालन गर्न तथा यस कार्यमा सम्वन्धित सबैको सहयोग जुटाउन विद्यमान खेलकुद सम्वन्धी कानुनमा आवश्यक परिमार्जन गरी राष्ट्रिय खेलकुद परिषद्को काम कारवाहीलाई अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरूप बनाई आवश्यक प्रक्रियागत एवं।
संस्थागत सुधार गरिनेछ भने यसको क्रियाकलापलाई थप प्रभावकारी बनाउन देहाय बमोजिम काम, कर्तव्य तथा अधिकार तोक्ने व्यवस्था
मिलाइनेछः–
(अ) खेलकुद क्षेत्रको संस्थागत विकास र विस्तार गर्न प्रचलित नियम कानुन र तोकेको मापदण्ड भित्र रहेका खेलकुद सम्बन्धी संघ,
संस्थाहरूलाई दर्ता गरी सम्बन्धित खेल संस्थाको स्वीकृत विधानबमोजिम गठन तथा सञ्चालन गर्ने व्यवस्था मिलाउने,
(आ) खेलकुद सम्वन्धी संघहरूको काम कारवाहीमा एकरूपता ल्याउन अनुगमनको व्यवस्था गर्ने र संघहरूको गतिविधि
विधानको परिधि तथा प्रचलित खेल नीति निर्देशन विपरीत गएमा कारवाही गर्ने,
(इ) खेलकुद सम्वन्धी भौतिक संरचनाहरूको मर्मत सम्भार, सञ्चालन एवं व्यवस्थापन गर्ने,
(ई) वार्षिक रूपमा कार्यक्रम तयार गरी मन्त्रालयमा पेश गर्ने र प्राप्त बजेटलाई खेलको बर्गीकरण तथा प्राथमिकताको आधारमा विभिन्न खेलका राष्ट्रिय संघहरूलाई विनियोजन गर्ने,
(उ) अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि खेलाडीहरूको प्रशिक्षण लगायत सम्पूर्ण तयारी कार्यमा राष्ट्रिय संघहरूलाई सहयोग पु¥याउने,
(ऊ) खेलकुदको गुणात्मक विकास गर्न आवश्यक दक्ष जनशक्तिको गर्ने,
(ए) ओलम्पिक, एशियाली खेल तथा दक्षिण एशियाली खेल लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगिताहरूमा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतको राष्ट्रिय टोलीको तयारी, प्रशिक्षण तथा सहभागिताको आवश्यक व्यवस्था मिलाउने,
(ऐ) विभिन्न खेलका केन्द्रदेखि स्थानीय तहसम्म नवप्रतिभावान तथा उदीयमान खेलाडीहरूको खोजी, पहिचान र संरक्षण तथा
बृत्तिविकासका लागि परियोजनाहरू सञ्चालन गर्न सम्वन्धित संघहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने,
(ओ) खेलकुदको राष्ट्रिय योजना तथा कार्यक्रमहरूलाई सफल बनाउन मातहतका कार्यालयहरूलाई आवश्यक आर्थिक तथा
प्राविधिक सहयोग उपलब्ध गराउने,
(औ) मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रतिष्ठित राष्ट्रिय खेलाडीहरूको वृत्तिविकास तथा भविष्य सुनिश्चितताका लागि रोजगारीको
व्यवस्था गर्न पहल गर्ने,
(अं) खेलकुदमा प्रतिवन्धित औषधि सेवन विरुद्ध चेतना अभिबृद्धि गरी अन्तर्राष्ट्रिय अभिसन्धि अनुरूपका आवश्यक व्यवस्था मिलाउने,
(अः) केन्द्र र स्थानीयस्तरमा खेलकुद सम्बन्धी संकलनहरू राख्ने केन्द्रीय र स्थानीयस्तरका संग्रहालयहरू स्थापना गर्ने ।
(ग) राष्ट्रिय खेलकुद संघहरूको क्रियाकलापलाई व्यवस्थित गर्नका लागि देहाय बमोजिमको कार्यहरूमा संघहरूलाई जिम्मेवार बनाइनेछः–
(अ) सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको मान्यता प्राप्त गर्ने,
(आ) अन्तर्राष्ट्रिय खेलकुद महासंघको विधानअनुसार प्रतियोगिताहरू सञ्चालन गर्ने,
(इ) स्थानीयस्तरसम्म संरचनाहरू खडा गर्ने,
(ई) प्राविधिक जनशक्ति तयार गर्ने,
(उ) वार्षिक राष्ट्रिय क्यालेन्डर अनुसार कार्यक्रम सञ्चालन र आयोजना गर्ने,
(ऊ) आत्मनिर्भरताका लागि आर्थिक स्रोत जुटाउने,
(ए) वार्षिक साधारणसभा गरी अनिवार्य रूपमा वार्षिक प्रगति तथा लेखापरीक्षणको प्रतिवेदन पेश गर्ने,
(ऐ) ओलम्पिक÷एशियाली खेल÷दक्षिण एशियाली खेलकुदबाट मान्यताप्राप्त राष्ट्रिय संघहरूले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई परिषद्को अनिवार्य सिफारिसमा नेपाल ओलम्पिक कमिटीबाट मान्यता लिने,
(ओ) स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय टिम तथा खेलाडीहरूको छनौट र तयारी गर्ने,
(औ) मुलुकभर आफ्नो खेलको विकास र विस्तार गर्ने,
(अं) राष्ट्रिय टोली तथा राष्ट्रिय खेलाडीहरूको विवरण दुरुस्त राख्ने ।
(घ) राष्ट्रिय ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाबाट मान्यताप्राप्त एक स्वतन्त्र र
स्वायत्त संस्थाको रूपमा नेपालको खेलकुद विकासमा सहभागी हुने संस्थाको रूपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ । साथै यस
कमिटीलाई ओलम्पिक कमिटिको ओलम्पिक चार्टर अनुरूप राष्ट्रको खेलकुद विकासमा सहयोगी भूमिका निर्वाह गर्ने संस्थाको रूपमा विकास गरिनेछ । ओलम्पिक कमिटीमा नेपाल सरकारको प्रतिनिधिलाई पर्यवेक्षकको रूपमा राखिने व्यवस्था मिलाईनेछ । साथै राष्ट्रिय ओलम्पिक कमिटीको क्रियाकलापलाई पारदर्शी बनाई मुलुकको खेलकुद विकासको कार्यमा यस संस्थालाई प्रभावकारी बनाउन देहाय बमोजिम गर्नेे व्यवस्था मिलाईनेछः–
(अ) ओलम्पिक, एशियाली र दक्षिण एशियाली खेलकुद लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालित
खेलकुद प्रतियोगितामा सहभागी हुन प्रक्रिया बमोजिम सिफारिस भै आएका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरूलाई
प्रमाणीकरण तथा अनुवन्धन गर्ने,
(आ) ओलम्पिक, एशियाली र दक्षिण एशियाली खेलकुद लगायत बृहत् राष्ट्रिय खेलकुदको सञ्चालन, आयोजना र सहभागितामा नेपाल
सरकार लगायत खेलकुद सम्वन्धी निकायहरूलाई सघाउने,
(इ) नेपालको खेलकुद विकास र विस्तारको लागि खेलकुदका निकायहरूलाई तोकिएको प्रक्रिया अनुसार प्राविधिक, आर्थिक
सहयोग जुटाउने र प्राप्त सहयोगको नियमित प्रतिवेदन मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्लाई उपलब्ध गराउने,
(ई) देशभित्र ओलम्पिक अभियानलाई व्यापकता दिन विभिन्न समितिहरू बनाई कार्यक्रमहरू अगाडि बढाउने,
(उ) खेलकुदमा दक्ष जनशक्ति निर्माण गर्न, प्रतिभावान खेलाडीलाई स्वदेशी एवं विदेशी प्रशिक्षणमा संलग्न गराउन तथा खेलकुदका
विकासका कार्यक्रमहरू सञ्चालन गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, ओलम्पिक कमिटी अफ एशिया लगायतका अन्तर्राष्ट्रिय
संस्थाहरू मार्फत सहयोग जुटाउने,
(ऊ) खेलकुदको माध्यमबाट विश्व–भातृत्वको विकास गर्ने,
(ए) राष्ट्रिय संघहरूको अन्तर्राष्ट्रिय मान्यता, स्वायत्तता र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने,
(ऐ) खेलकुदमा प्रतिवन्धित औषधिहरूको प्रयोग विरुद्ध अभियानबारे जनचेतना जगाउनुका साथै उक्त कार्यक्रमलाई सुनिश्चित गर्न आवश्यक कदम चाल्ने ।
(ङ) आ–आफ्नो क्षेत्रका खेलकुद गतिविधिको सञ्चालन गर्न तथा सम्वन्धित संघ तथा बोर्डहरूलाई नियमित रूपमा खेलकुदका प्रतियोगिताहरू सञ्चालन गर्नका लागि स्थानीय तहमा कार्यालयहरूको व्यवस्था गरिनेछ । यी कार्यालयहरूका व्यवस्थापन एवं सञ्चालनलाई सहयोग पु¥याउन स्थानीय स्तरमा बहुपक्षीय समिति गठन गरिनेछ ।
(च) मुलुकमा खेलकुदको बृहत्तर विकास र विस्तारका लागि नेपाल सरकारले आवश्यकतानुसार विद्यालय, विश्वविद्यालय, स्थानीय निकाय, सार्वजनिक संस्थान, निजी क्षेत्र, पर्यटन खेलकुद, विशेष तथा पारा खेलकुद विकास बोर्डहरू गठन गर्ने नीति अवलम्बन गर्नेछ ।
(छ) खेलकुद सम्वन्धी निकायहरू वीच समन्वय अभिबृद्धि गर्न काम कारवाहीमा दोहोरोपन नहुने गरी प्रक्रियागत कार्यहरूलाई सुनिश्चित गरिनेछ ।
(ज) राष्ट्रिय तहको प्रतियोगिता सञ्चालन, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि आवश्यक मापदण्ड तयार गरी निश्चित कार्यविधि तयार गरिनेछ ।
(झ) खेलकुदमा प्राप्त हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग तथा त्यसको उपयोग सम्वन्धी सबै काम कारवाहीलाई पारदर्शी बनाई त्यसलाई मुलुकको राष्ट्रिय खेलकुद गतिविधिस“ग सामन्जस्यता ल्याउने गरी उपयुक्त प्रक्रिया निर्धारण गरिनेछ ।
(ञ) खेलकुदका निकायहरूलाई बढी प्रभावकारी बनाउन राष्ट्रिय ओलम्पिक कमिटी लगायत सबै संघहरूले अनिवार्य रूपमा सरकारले तोकेको आवधिक प्रतिवेदन दिने व्यवस्थालाई सुदृढ गराइनेछ ।